ढुङ्गा प्रहारबाट मृत्यु, शंकास्पद नियन्त्रणमा

समाचार

3/11/2019

रुपन्देही, २७ फागुन । देवदह नगरपालिका–९ खैरेनी बस्ने २५ वर्षीय अनिस पुरीको अपरिचित ब्यक्तिहरूले आइतबार साँझ ढुङगा प्रहार गर्दा मृत्यु भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिहरूले सोही ठाउँस्थित घोडाहमा ढुङगा प्रहार गर्दा गम्भीर घाइते भएका पुरीको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने ५ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ