साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुने

समाचार

12/5/2019

बुटवल, १९ मंसिर । बुटवलमा यही मंसिर २० गतेदेखि २२ गतेसम्म साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुने भएको छ । बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुने आयोजक प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीले जनाएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य क्षेत्रका पुस्तकहरु प्रदर्शन गरिने प्रलेस रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

पठन संस्कृति हराउँदै कमजोर हुँदै गएकाले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताए । पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु नराखिने प्रलेसका अध्यक्ष दलबहादुर गुरुङले जानकारी गराए । 

पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहने छ । यस क्षेत्रको साहित्य, कला,संस्कृति र संङ्गीतको वर्तमान र भविष्यबारे छलफल समेत हुनेछ ।

साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तकहरु बिक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ