रौतहट, ३२ जेठ । भूमिगत संगठन तराई मुक्ति मोर्चाका एक जना कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवक कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त समेत रहेका छन् ।
मिति २०६७।०८।१७ गते १८ बजे ईलाका प्रहरी कार्यालय, हर्कटवा, सर्लाहीबाट प्र.ना.नि लवजंग चौहानको कमाण्डमा खटि गएको प्रहरी टोली र भूमिगत तराई मुक्ति मोर्चाका ५ जनाको समूहमा रहेका हतियारधारी समूहबीच जिल्ला सर्लाही भवानीपुर गा.वि.स. वडा नं. ३ स्थित सुकमारी मन्दिर नजिक अं. २० बजे जम्का भेट हुँदा गोली हानी ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटि भागी फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त जिल्ला रौतहटको बृन्दावन नगरपालिका वाड नं. १ बस्ने बर्ष ३५ को दिपेन्द्र सहनी भन्ने रोहित सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
अपराध अनुसन्धान टोलीको विशेष कोवर्ट अपरेशनले बृन्दावन नगरपालिका वाड नं. १ बाट पक्राउ गरी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया