वीरगंज, २३ असोज । तराई हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफ्नो प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसर पारेर तराई हस्पिटलले रक्तदान एवम् वीरगंजमा वर्षौंदेखि स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आएका वरिष्ठ चिकित्सकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
अस्पताल परिसर मै विहान ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा महिला सहित ५६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा वीरगंजमा रही २ दशकदेखि वीरगंजको स्वास्थ्य सेवामा अहम् योगदान पुर्याउने डा रामअवतार खेतान, डा.सागरमान अमात्य, डा.श्यामसुन्दर दास, डा.गोपाल प्रसाद गजुरेल, डा.जगदीश अग्रवाल, डा.मञ्जुलता अग्रवाल, डा.विर सिंह थापा र डा. विरेन्द्र कुमार झालाई दोसल्ला ओढाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये उत्कृष्ट कार्य गर्ने एकजना कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो साथै एक वर्षदेखि निरन्तर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत कदरपत्रसहित सम्मान गरिएको थियो ।
त्यसैगरी, वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
अस्पतालका संचालक सदानन्द कुर्मी र रामाश्रय प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.रोशन कुर्मीले अस्पतालको अवस्था र भावी रणनीतिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन विपिन चौरसियाले गरेका थिए भने स्वागत मन्तव्य अजय गुप्ताले गरेका थिए ।
तपाईको प्रतिक्रिया