फत्तेपुर, २९ असार । अविरल वर्षाका कारण फत्तेपुरसहित सप्तकोशी नगरपालीकाको ६, ७, १, २, र ३ का ६ सय घरपरिवार विस्थापित भएका छन् भने पानी पस्दा खाद्यान्नसहित जनधनको क्षति पुर्याइएको छ ।
शनिवार आएको अबिरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले वडा २ सिद्विपुरको बाध भत्किएको कारण त्यस नगरपालीकाका सकुवानीसहित त्यस क्षेत्रका १ सय ५० घरपरिवारका ६ सय मानिसहरू बिस्थापित भएको छ ।
त्यहाँका मोहम्मद मजिमिल हक, मोहम्मद ईनुस, सहादत, मोहम्मद समिम, मोहम्मद हैदर, मोहम्मद रसुल, मजलुम, मोलाधामी, मोहन बिक, तरू चौधरी, मोहम्मद गफार, मोहम्मद अलि हुसेन, हजारी राम घरमा पानी पसेर घरको खाधयान, गाईबस्तु, लताकपडा, सहितका लाखौको समानहरू बाढीले बगाएको नेपाली काँग्रेसका स्थानिय नेता कृष्णप्रसाद ढकालले बताए ।
सप्तकोशी नगरपालीकाले सिद्विपुर स्थित त्रियुगा नदीमा बालु उत्खन गर्नाले यहाँका तटबन्ध भत्केको स्थानिय मोहन बिकले गुनासो गरे ।
उनले भने बारम्वार नगरपालीका ठिक्का लगाएर नदिवाट बालुवा उत्खन नर्गन भनिएपनि ट्रेक्टरवाट बालु उत्खन गरेकोले नदिमा आएको बाढीले बाध भत्काएको स्थानिय हजारी रामले बताए ।
तपाईको प्रतिक्रिया