तिलोत्तमाको बजेट ५४ करोड ३९ लाख

समाचार

6/26/2019

रुपन्देही, ११ असार । तिलोत्तमा नगरपालिकाले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरेको छ ।

पाँचौं नगरसभामा नगर उप–प्रमुख जागेश्वरी चौधरीले मंगलबार आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

यो वजेट चालु आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी हो । बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पूँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । जसमध्ये शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ ।

यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ