तौलेश्वरनाथ मन्दिरमा हजारौं दर्शनार्थीहरु गरे दर्शन

समाचार

3/5/2019

कपिलवस्तु, २० फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलेश्वरनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइंचो लागेको थियो ।

महाशिवरात्रीको पर्वको अवसर मन्दिरमा १० औ हजार श्रदालु भत्तजनहरुको घुइँचो लागेको थियो । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ ।

नेपालका कपिलवस्तु, दाग, अर्घाखाँची, रुपन्देही, नवपरासी तथा छिमेकी देश भारतका विभिन्न स्थानहरुवाट तौलेश्वरनाथको दर्शन गर्न श्रद्धालु भत्तजनहरु यहां आएका थिए ।

बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ। महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ