रौतहट, १४ भाद्र । नेपालबाट भारत तर्फ लागिदै गरेको ठूलो परिणामको तस्करीको सामानसहित तीन जना तस्करलाई रौतहट प्रहरी ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित नेपाल भारत सीमाको दसगजा क्षेत्रबाट पक्राउ गरिएको छ ।
यो अहिले सम्मको ठूलो सफलता रहेको छ । रौतहटको सीमा नाकाहरुबाट हुने चोरी निकासी, पैठारी भन्सार छली चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत राति ०३ बजेको समयमा गोप्य सूचनाको अधारमा यस कलार्यालयबाट खटिए गएको प्रहरी टोलीले उक्त मूल्य बरावरको सामान सहित तस्करको पक्राउ गरेको हो ।
गस्ती टोलीले सेतो बोलेरो अनटेस्ट गाडीमा लोड गरी अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा कालो मरिच १० बोरा, हरियो मटर ४७ बोरा, छोहरा ३ बोरा फेला पार्नुको साथै तस्करी कार्यको लागी स्कटिंङ गर्ने मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले बताएका छन् ।
तस्करी कार्यमा संलग्न रहेको रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७ बस्ने बिरेन्द्र साह, भारत बिहार जिल्ला मोतिहारी ग्राम पंचायत शिसवा वडा न.१५ बस्ने भगरित साह र जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १४ बस्ने आदित्य नारायण साह समेत लाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खत्रीले बताए ।
पक्राउ परेका बोलेरो, मोटरसाइकलसहित २३ लाख ५९ हजार ९ सय मूल्य बराबरको समान कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया