‘थारु घरवास’ महोत्सव शुरु

समाचार

1/2/2019

धनगढी, १८ पुस । थारु समुदायको नमुना गाउँको रुपमा रहेको धनगढी उपमहानगरपालिकाको भादामा ‘थारु घरवास गाउँ भादा महोत्सव २०७५’ शुरु भएको छ ।

‘‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति वेषभूषा हमार पहिचान’ अर्थात संरक्षण सम्वद्र्धनका लागि सबै जनाले गर्नुपर्छ काम, संस्कृति वेषभूषा हाम्रो पहिचान भन्ने मूल नाराका साथ सो महोत्सव शुरु भएको हो ।

सांसद नारमुनी रानाले मंगलबार महोत्सवको उद्घाटन गरेका छन् । थारु समुदायको सीप, कला, संस्कृति, भाषा, खानपिन, रहनसहनको संरक्षण सम्वद्र्धनमा टेवा पु¥याउन घरवास सञ्चालन गरिएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ