दाइजो प्रथाको कारण शिक्षामा असर, महिला हिंसामा बृद्धि

समाचार

2/7/2019

राकेश यादव, रौतहट, २३ माघ । तराई मधेशमा दाइजो प्रथाको समस्या जटिल बन्दै गएको छ । सामाजिक विकृतिको रुपमा पहिचान गरिएको दाइजो प्रथाको कारण शैक्षिक क्षेत्रमा समेत नकारात्मक प्रभाव परेका छन् ।

महिला हिंसा, बलात्कार, घरेलु हिंसाका घटना पनि बढेका छन् ।

दाइजोको कारण आर्थिक अवस्था कमजोर बन्दै गएका छन् भने मानसिक तनाव र चिन्ताले मानिस पिरोलिरहेका छन् । छोरीको जनसँख्यामा कमी आउनु पनि दाइजो नै हो ।

भ्रुण हत्या, लैंगिक विभेद, बाल विवाहको क्रम बढ्नुको कारक दाइजो नै भएको महसूस गरिएको छ । केटा पक्षले बस्तु जस्तो मोलतोल गर्ने, केटी पक्षलाई आर्थिक समस्यामा पर्ने गरिन्छ ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ