वीरगञ्ज, २० कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभठ्ठाको श्री मसरुम पब्लिक आधारभूत विद्यालयको प्रांगणमा अहमदिया संघ नेपालद्वारा होमियोप्याथी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो शिविरमा पर्सा जिल्लाको विभिन्न गाउँहरू जस्तै मधवल, प्रसौनी, झौवा, इटियाही, जगतपुर, मन्नपुर लगायतका गाउँहरुबाट जाँच गराएका थिए ।
शिविरमा गेठिया, दर्द, टोनसिल, बवासिर लगायतका बिभिन्न रोगहरूको होमियोप्याथी औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा करिब ३५० जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।
रोगीहरूको उपचार गर्न भारतको पंजाबबाट आएका डाक्टर महम्मद बदर अहमद साहेबबाट शिविरमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
तपाईको प्रतिक्रिया