सिरहा, ५ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोक देखि दक्षिण तिर जाने बाटोमा शुक्रबार साझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्कीदा एक जना चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका कसहाका बिसे यादव रहेका छन् । अर्को मोटरसाइकल चालक धनगढीमाई नगरपालिका बसन्पुरका राम जतन राउत गम्भीर घाइते भएका छन।
राउतको उपचार विराटनगरको न्यूरो हस्पिटल मा भैरहेको छ । मोटरसाइकल दुर्घटनामा अन्य दुइ जना घाइते भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया