सुनसरी, ११ साउन । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ईलाका प्रहरी कार्यालय धरानको कार्यालय परिसरमा प्रहरी कर्मचारी र आश्रीत परिवारहरुका निमित्त एक दिने एकिकृत निःशुल्क स्वास्थ शिविर शनिबार सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय धरान र हातेमालो फाउण्डेसनको संयुक्त आयोजनामा संचालित उक्त शिविरमा घोपा अस्पतालबाट खटिएका चिकित्सकले सेवा प्रदान गरेका थिए ।
कुल २०५ जनाले स्वास्थ्य लाभ लिएका उक्त शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया