दियोबाट आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट, करेन्ट लागेर एक जनाको मृत्यु

समाचार

10/28/2019

रौतहट, ११ कार्तिक । दिपावली मनाउनका लागि बालिएको दियोबाट रौतहटको ६ स्थानमा आगलागी भएको छ । आगलागीबाट लाखौंको धनमा जलेर नष्ट भएको छ भने करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रौतहटको गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको रौतहटका प्रहरीले जनाएका छन् ।

त्यस्तै बौधीमाई नगरपालिका वडानम्बर ६ का बिन्दा राय यादवको घर आगलागी हुँदा २ लाख, वडानम्बर ४ का लखिन्दर यादवको गोठ आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको बताएका छन् ।

यता रौतहटको मौलापुर नगरपालिका वडा नं. १ घर भएका बसन्त बैठाको कच्ची घरमा आगलागी हुँदा करिक १ लाख ४० हजारको धनमाल जलेर नष्ट भएको छ भने वडा नम्बर ६ का हरेन्द्र महराको गोठ आलगागी हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तेस्तै दुर्गाभगवती गाउँपालिका वडा नं. ५ का लखिचन्द साहको घरमा आगलागी हुंदा ५० हजार नगद तथा ४० हजार बराबरका कपडा जलेको छन् ।

दिवालीमा वत्ति बाल्न बिद्युत जडान गर्ने क्रममा कटहरिया नगरपालिका १ का छठु महराका १८ बर्षीय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ ।

चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिद्युतको स्वीच जोडने क्रममा आईतवार महरालाई करेन्ट लागेको थियो ।

उनको तत्कालै उपचारका लागी चन्द्रपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ