दुर्घटनामा अज्ञात व्यक्तिको मृत्यु

समाचार

1/15/2019

कैलाली, १ माघ । सवारी दुर्घटनामा मंगलबार एक अज्ञात व्यक्तिको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ गोदावरीस्थित भिमदत्त राजमार्गमा सवारी दुर्घटनामा परेका हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल नम्बर नखुलेको सवारी साधनले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको सेती अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ