बर्दिया, ३१ असार । बारबर्दिया नगरपालिका १० लम्कीफाँटाबाट सोही ठाउँ बस्ने श्यामलाल थारुलाई दुर्लभ वन्यजन्तु चित्तलको छाला १ थान र १० केजी मासु सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।
थारुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया