जनकपुरधाम, २८ पुस । नदी उत्खनन्को विरोध गरेका कारण ज्यान गुमाएका दिलीप महतोको परिवारलाई प्रदेश २ को सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का महतोको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
यता, महतोलाई पर्यावरण बचाउ आन्दोलनका शहीद घोषणा गर्न पनि आवाज उठेको छ ।
तपाईको प्रतिक्रिया