राकेश यादव, रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका १२औं खुल्ला दिशा मुक्त नगरपालिका घोषणा भएको छ ।
नगरपालिका स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिले मंगलवार आयोजना गरेको जिल्लाको १२औ खुल्ला दिशा मुक्त नगरपालिका घोषणा समारोहमा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम एकवाल राय यादवले खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरेका हुन् ।
योसँगै जिल्लाको १५ स्थानीय तह खुल्ला दिशामुक्त नगरपालिका घोषणा भई सकेका छन् भने ३ वटा स्थानीय तह मात्र हुन बाकी रहेका छन् ।
नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राम एकवाल राय यादवले घरमा शौचालय निर्माण गरे पछि सामाजिक प्रतिष्ठा बढ़ने गरेको बताएका छन् ।
खुल्ला ठाउमा शौच गर्नले बातावरण प्रदूषित हुनुको साथै महिला ,बाल बालिका सहित पुरुषको प्रतिष्ठा हनन हुने उल्लेख गर्दै प्रमुख यादवले भने जिल्ला खुल्ला दिशामुक्त भएपछि सम्मान मिल्ने छन् ।
आर्थिक अवस्था तथा जग्गा अभावको कारण केहि मात्रमा शौचालय निर्माण हुन नसकेकोले त्यसको लागि स्थानीय सरकारले सार्वजानिक शौचालयको निर्माण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा मेयर पटेलले नगरपालिका खुल्ला दिशा मुक्त भए पनि पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन हुने जानकारी गराउँदै कमी कमजोरीलाई समाधान गर्दै जाने प्रतिवद्धता जनाएका छन । अभियान नेपालले सहजीकरण गरी शौचालय निर्माण गराउने कार्य गरेको थियो ।
अभियान नेपालका निर्देशक शत्रुघ्न सिंहले शुरूमा कठिनाई भए पनि स्वच्छता अभियान सफल भएकोमा आपहु हर्षित भएको बताए । शौचालय निर्माण गरेर सर सफाई अभियानलाइ सफल बनाउन सहयोग गर्ने नगरबासीलाइ धन्यवाद ज्ञापन समेत गरेका छन् ।
कार्यक्रममा समन्वय समितिका उपाध्यक्ष राम असीस राय यादव , उपमेयर परनिया देवी , निमित प्रमुख प्रशासकीय अधिकृत मनोज रजक ,वड़ाअध्यक्षहरु कार्यपालिका सदस्य लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए । त्यस्तै १३ औ नगरपालिकाको रुपमा फतुआ विजयपुर खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरिएको छ ।
तपाईको प्रतिक्रिया