देशको भविष्य निर्माताहरु जन्मिने उद्गमस्थल विद्यालय : प्रदेश प्रमुख

समाचार

12/30/2018

जनकपुरधाम, १४ पुस । देशको भविष्यका निर्माताहरु जन्मिने उद्गम स्थल बिद्यालय नै हुन्छ प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित मोनास्टिक आवासिय विद्यालयको ३३ औं बार्षिकोत्सवको अवसरमा उनले सो कुरा बताएका हुन् ।

बार्षिकोत्सव समारोहलाई उद्धघाटन गर्दै उनले प्राचिन समयमा मिथिला क्षेत्र ऋषिमुनिको तपोभुमि भएकोले पनि यस क्षेत्रका बालबालिकाहरुको शिक्षा दिक्षा सोही अनुसारको हुनुपर्ने बताए ।

यस कार्यमा मोनास्टिक स्कुलले ३३ बर्षदेखि बालबालिकामा ज्ञानको दिव्य ज्योति छर्दै देशका भावी तेजस्वी बिद्यार्थी उत्पादन गर्दै आईरहेकोमा खुलेर प्रशँसा गर्दै बिद्यालय परिवारलाई बधाई तथा धन्यवाद दिए ।

साथै उनले आगामी दिनहरुमा बिद्यालयले कुशल तथा शिक्षित बिद्यार्थीहरु उत्पादन गरी देश बिदेशमा ख्याती प्राप्त गरुन भनी शुभकामना समेत दिए ।

बिद्यालयमा भएको बिज्ञान प्रदर्शनीमा करीब १५० भन्दा बढी स्टल राखिएका थिए । साथै बिद्यालयले बिद्यालयमा १५ बर्ष तथा २५ बर्षदेखि कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई छुट्टा छुट्टै सम्मान समेत गरेको थियो ।

कार्यक्रममा कराँते, गित तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ