धनकुटामा प्रदेश १ को सम्पर्क कार्यालय

समाचार

5/1/2019

विराटनगर, १७ बैशाख । प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटा तोकिएको छ । मंगलबार प्रदेश १ को मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारले नाम र स्थायी राजधानी टुंगो लगाउन नसकेपछि तत्कालका लागि सम्पर्क कार्यालय धनकुटामा तोकेको हो । धनकुटालाई स्थायी राजधानीको माग गर्दै आन्दोलनसमेत भइरहेको छ । सो आन्दोलनलाई तत्काल साम्य बनाउन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम धनकुटामा अवस्थित क्षेत्रीय प्रशासन कार्यालयमै रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय राख्ने निर्णय गरिएको हो ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले पूर्वी पहाडी जिल्लालाई हेर्ने गरी धनकुटामा यातायात सेवा कार्यालय पनि स्थापना गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ