काठमाडौं, १६ असोज । नेपाल धानुक समाजका सल्लाहकार तथा डिक्का महासंघका अगुवा समाजसेवी रामऔतार मण्डलप्रति धनक युवा फाउण्डेशनले श्रद्धाञ्जली अर्पण गरेको छ ।
फाउण्डेशनले बिहीबार मधेश मिडिया हाउसमा श्रद्धाञ्जली सभाको आयोजना गरी समाजसेवी मण्डलको योगदानबारे वक्ताहरुले चर्चा गरेका छन् ।
धानुक समाजलाई जोड्न उनको ठूलो योगदान रहेको भन्दै उनको निधनले समाजलाई ठूलो क्षति भएको वक्ताहरुले चर्चा गरेका थिए ।
कार्यक्रममा रामाशिष मण्डल, प्रोफेसर उमेश मण्डल, इन्जिनियर जगतनारायण मण्डल, सुशीला देवी मण्डल, इन्द्रदेव मण्डल, कमल मण्डल, मनोज मण्डल, रामत्रिपाल राय, नन्दकिशोर राय लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सिरहा जिल्लाको लक्ष्मीपुर पतायर निवासी मण्डलको यही मंगलबार राति काठमाडौंस्थित बालाजु निवासमा एकाएक हृदयघात हुँदा अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बुधबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको थियो ।
तपाईको प्रतिक्रिया