धनुषा, १९ पुस । जनकपुर उपमहानगरपालिका–६ स्थित सडकमा ना.१ क ४५०९ नम्बरको टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीया सुधा देवी ठाकुरको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया