धान दिवस मनाइयो

समाचार

7/1/2019

वीरगनज, १५ असार । १६औ राष्ट्रिय धान दिवसको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रेम ध्वज शाह र अनुसन्धानका प्रहरी उपरिक्षक कुमार खडकाले संयुक्त रुपमा गाउँलेहरुको समूहमा एक साथ धान रोपेका छन् ।

धान रोप्ने क्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उन्नत जातको धानको बिरुवा लागाई थोरै जग्गामा बढी धान उपजाउन का निम्ती सुझाव र सल्लाह दिएका थिए ।

तेश्रो मुलुकबाट आउने चामलको अपेक्षालाई अन्त गर्नृु र स्वदेशमा नै उच्च र उन्नत जातका धान र गहुँको बिरुवाहरु लगाई पर्सेली किसानहरु अगाडी बढ्न बताए ।

रोपाई कार्यक्रम सम्पन्न पश्चात दही चिउरा खुवाई किसानहरुले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई बिदाई गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ