राकेश यादव, रौतहट, १९ भाद्र । रौतहट जिल्लाको दक्षिणी भेगमा हिन्दू धर्म मान्नेलाई विभिन्न किसिमको आर्थिक, भौतिक प्रलोभन दिएर धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएका छन् ।
क्रिश्चन धर्म प्रति आस्था जगाउने कार्य तीव्र रुपमा बढ्दै गएकोले हिन्दू धर्म नष्ट हुने खतरा बढेका हुन् । सदरमुकाम गौर र छिमेकी नगरपालिका गाउँपालिकामा गिरोह आफ्नो गतिविधि निर्धक्क रुपमा सञ्चालन गर्दै आएपनि निरुत्साहित गर्ने तर्फमा कोही सक्रीय देखिएका छैन । स्थानीय प्रसाशन पनि मौन बसेका छन् ।
स्थानीय राजदेवी नगरपालिकाको वडा नम्बर ७ मुडवालबामा उक्त समूहले करीव ३५ जना महिलालाई धर्म परिवर्तन गरिसकेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया