नक्कली नोटसहित एक जना पक्राउ

समाचार

11/26/2019

बारा, १० मंसिर । सिम्रौनगढ नगरपालिका–५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई एक हजार दरको नक्कली नोट १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ