बारा, १७ जेठ । कोल्बी नागरपालिका २ झुरझुरेबाट रौतहट मौलापुर नगरपालिका ९ बस्ने २७ वर्षीय शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट झुरझुरेबाट खटिएको प्रहरीले तामागढीबाट रौतहट बिजयपुरतर्फ जाँदै गरेको ना.९ प ५४५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया