नेकपाको निर्णयविरुद्ध विराटनगर अनिश्चितकालीन बन्द

समाचार

5/6/2019

विराटनगर, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेस, फोरम नेपाल, राजपा नेपाल लगायत विभिन्न राजनीति दल तथा पेशाकर्मीहरुले विराटनगर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् ।

प्रदेश १ को राजधानी विराटनगरमा राखिने तर त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय नेकपाले गरेको थियो ।

विरोधमा उत्रिएका राजनीतिक दल तथा पेशाकर्मीहरुले प्रदेश १ को राजधानी विराटनगरबाट सार्ने षड्यन्त्र गरेको भन्दै संघर्षमा उत्रिएको बताएका छन् ।

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै प्रदेश संसद्मा बहुमतप्राप्त नेकपाले यस्तो निर्णय गरेसँगै राजनीतिक दल तथा विराटनगरका विभिन्न पेशाकर्मीहरु नागरिक दबाव समूह बनाएर संघर्षमा उत्रिएका हुन् ।

गठित शान्ति पूर्ण दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् । प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ ।

यता, अनिश्चितकालीन विराटनगर बन्दले सोमबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ । तर, शैक्षिक संस्थामा भने बन्दको असर देखिएको छैन । फोटो : आवर विराटनगर डटनेट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ