रौतहट, १३ मंसिर । रौतहट निर्वाचन क्षेत्र नं.१ क विधान सभामा नेकपाको प्रत्यासी राजदेवी नगरपालिका वडा नं.७ मुडवलवा निवासी भिखारी प्रसाद यादवलाई मातृशोक भएको छ ।
एमाले नेता यादवको आमा देववति देवी यादवको वुधवार राती ११ वजेर ४५ मिनेटमा १०५ बर्षको उमेरमा कालगतिले निधन भएपछि उहालाई मातृशोक भएको हो ।
विगत केही दिन देखि अस्वस्थ्य रहेकी देववति यादवको रातीको समयमा स्वाभाविक मृत्यु भएको हो ।
राजदेवी नगरपालिकाको नगर प्रमुख पदको प्रत्यासी समेत रहेका यादवको आमाको अन्तिम श्रद्धान्जलि दिन नेकपाका नेता लगायत विभिन्न राजनितिक दलका नेताहरु उहाको निजि निवास पुगेका थिए ।
तपाईको प्रतिक्रिया