मोरङ, १३ साउन । नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोगमा कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गत साउन ७ गते विराटनगर महानगरपालिका–१ बस्ने मोतीराज दाहालको घरबाट उक्त नगद चोरी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर ममहानगरपालिका-१ स्थितबाट फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट चोरी गरेको नगद ३ लाख ८१ हजार रुपैयाँ र मोबाइल १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया