मोरङ, २० माघ । नागरिक उड्डयन कार्यालय विराटनगरबाट ४ सय लिटर डिजल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–४ बस्नेहरु १८ वर्षीय मुकेश यादव, २२ वर्षीय अमित यादव, १९ वर्षीय रामचन्द्र यादव र विराटनगर विमानस्थलमा चौकीदारको रूपमा कार्यरत ४८ वर्षीय भोला यादव रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमध्ये नागरिक उड्डयन कार्यालयका चौकीदार भोलाले उक्त स्टोरमा डिजल रहेको सूचना दिने गरेको, मुकेशले र अमितले उक्त डिजल नजिकै रहेको गाढामा राखी रातको समयमा नागरिक उड्डयन कार्यालयको पश्चिमतर्फको सिमानामा पुर्याएको तथा रामचन्द्रले डिजल चोरी गर्ने क्रममा सहयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
घटनास्थलमा लुकाएको अवस्थामा ९० लिटर डिजेल समेत प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया