नगरपालिकाको कार्य बहिष्कार गर्ने समाजवादी पार्टीको निर्णय

समाचार

11/5/2019

रौतहट, १७ कार्तिक । समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले राजदेवी नगरपालिकाले माग सम्बोधन नगरेसम्म नगरपालिकाको कार्य बहिष्कार गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले गरेको कार्य खर्चको विवरण उपलब्ध गराउन २५ बुँदे माग सहितको ज्ञापन पत्रप्रति राजदेवी नगरपालिकाले कुनै वास्ता नगरी दिइएको १५ दिनको समयमा कागजात उपलब्ध नगरेकोले यस्तो निर्णय गरिएको हो ।

आइतबार बसेको पार्टीको नगर कार्य समितिको बैठकबाट नगरपालिकाको कार्य बहिष्कार गर्ने निर्णय गरिएको नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।

पार्टीको तर्फबाट नगर सभा र कार्यपालिकामा प्रतिनिधित्व गर्दै आएका २१ जना निर्वाचित जनप्रतिनिधिहरुले खर्च विवरण सार्वजनिक नगरेसम्म नगरपालिकाको कुनै पनि निर्णयमा हस्ताक्षर नगर्ने घोषणा समेत गरेको नगर अध्यक्ष यादवले बताए ।

मधेशवादी दलको बहुमत रहेको सो नगरपालिकामा गएको आर्थिक वर्षमा बजेटमा व्यापक अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग राख्दै समाजवादी पार्टी नगर कार्य समितिले १५ दिन पहिला ज्ञापन पत्र बुझाएको थियो ।

बैठकमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव लगायत निर्वाचित वड़ा अध्यक्षहरु, वडा सदस्यहरु सहभागी भएका थिए । बैठकले आगामी २० गतेदेखि नगरपालिकाको विरुद्धमा आन्दोलनमा जाने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ