राकेश यादव, रौतहट, १३ पुस । रौतहट जिल्लाको गरुडा नगरपालिकाका उपप्रमुख रंगीला देवी जायसवालले गरुडा नगरपालिकामा व्यापक रुपमा भ्रष्टाचार भएको बताएकी छन् ।
बिहीबार गरुडा नगरपालिकामा आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मलेनमा सम्बोधन गर्दै उपप्रमुख जायसवालले नगर प्रमुख इन्नु राय यादवले आफ्नो मनमानी ढंगबाट काम नै नभएको योजनाहरुको भुक्तानी गरेको आरोप लगाइन् ।
आर्थिक वर्ष २०७५।०७६ को विकास निर्माण कार्यहरुको विना अनुगमन भुक्तानी गरेको बताइन् । आर्थिक वर्ष २०७४ र०७५ मा वड़ा नंबर १ र ६ मा संघीय सरकारबाट प्राप्त भएको बजेटबाट ३ बटा पुल निर्माण गर्नु पर्नेमा पुलको निर्माण कार्य नहुँदै ९० लाख भुक्तानी गरिएको दावी गरिन् ।
तपाईको प्रतिक्रिया