अनिल तिवारी, वीरगन्ज, १४ कार्तिक । सिर्सिया खोलालाई प्रदुषित गर्ने कसैलाई पनि नछाडिने चेतावनी नगर प्रमुख बिजय कुमार सरावगीले दिएका छन् । छठ वा छठ पछिपनि नदिलाई प्रदुषित गर्ने कसैलाई पनि नछाडिने चेतावनी उनले दिएका छन् । उनले उद्योगहरुबाट उत्प्रेषित भएका रसायन युक्त फोहर पानी वा अन्य कुनै पनि प्रकारका फोहरजन्य बस्तु खोलामा मिसाएको भेटिए हदैसम्मको कारबाही गर्न बताए ।
सिर्सिया नदि एवम् वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साका पदाधिकारीहरुद्धारा ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सरावगीले यस्तो चेतावनी दिएका हुन् । खोलामा फोहरजन्य पदार्थ मिसाउँदै गरेका दुई जनालाई पक्राउ गरि कारबाही अगाडि बढाइएको बताउँदै उनले खोलाको पानीलाई प्रदुषित पार्ने उद्योगका कर्माचारी वा संचालक समेतलाई कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सा प्रमुखलाई आफुले निर्देशन दिएको र सो निर्देशनकैं आधारमा दुई जनालई पक्राउ गरिएको प्रष्ट पारे ।
सिर्सिया खोलको पानीलाई प्रदुषित पार्ने उद्योग, संघ संस्था वा व्यक्ति वारे जानकारी दिई महानगरपालिकालाई सहयोग गर्न सर्वसाधारणसँग अपिल गर्दै नगर प्रमुख सरावगीले खोलालाई प्रदुषित पार्ने कसैलाई अधिकार नभएको प्रष्ट पाारे । उनले सिर्सिया खोला बहाव क्षेत्रलाई अतिक्रमण गरी बसेकाहरुलाई हटाउन महानगरपालिकाले चाँडै अभियान चलाउने र सो अभियानमा सहयोग गर्न नगरवासिलाई आग्रह गरेका छन् ।
बारा–पर्सा औद्योगिक करिडोमा संचालित उद्योगबाट उत्सर्जित रशायन युक्त पानी तथा फोहरले भइरहेको खोलाको प्रदुषण तत्काल रोक्न माग गर्दै सिरिसिया बचाउ अभिायन समितिले वीरगन्जमा जुलुश प्रदर्शन गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
तपाईको प्रतिक्रिया