वीरगन्ज, ४ असोज । नगर प्रमुख विजय कुमार सरावगी लगायत समाजवादी पार्टीका नेताहरुले शत्रुधन पटेललाई श्रद्धान्जली अर्पण गरेका छन् ।
संविधान घोषणाको विरोधमा मधेशी दलहरुले गरेको आन्दोलनमा प्रहरीको गोली लागी शहीद पटेलको वीरगन्जको माइस्थानमा मृत्यु भएको थियो ।
शहीद पटेलकी आमा कुसमी देवीको अध्यक्षतामा भएको श्रद्धान्जली कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगी, पकहा गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, समाजवादी पार्टीका केंद्रीय सदस्यद्वय शशिकपूर मियाँ र सीपू तिवारी, बीरगंज महानगरपालिकाका प्रवक्ता संतोष तिवारी, राजनीतिक सल्लहकार मुकेश द्विवेदी, नेता पिंटू उपाध्याय, आमोद यादव,लगायतका नेताहरुले पकहामा रहेको सहिद पटेलको सालिमा माला लगाएर श्रद्धान्जली अर्पण गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा मधेस आन्दोलमा भएका सहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
तपाईको प्रतिक्रिया