नगर प्रमुख सरावगीद्वारा आँखा शिविर उद्घाटन

समाचार

12/6/2019

वीरगन्ज, २० मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्सागढि नगर पालिका–७ रघुनाथपुरमा आयोजित निःशुल्क आँखा शिविर उद्घाटन गरेका छन् ।

जयराजपुर स्कुलमा शुक्रबार आयोजित निःशुल्क आँखा शिविरको नगर प्रमुख सरावगीले उद्घाटन गरेका हुन् । वीरगंज महानगरपालिका मेयर कल्याणकारी कोष र मातृका आई फाउन्डेसनको सहयोगमा निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।

मेयर कल्याणकारी कोषद्वारा अभियानकै रुपमा विभिन्न ठाउँहरुमा निःशुल्क आँखा शिविरको आयोजना हुँदै आएको छ । सोही क्रममा यो छैठौं शिविरको आयोजना गरिएको हो ।

मातृका आई फाउन्डेसनका डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरुको आँखा परीक्षण गरेका थिए ।

मोतियाबिन्द फेला परेका रोगीहरुको मंसिर २९ गतेदेखि वीरगंजस्थित मातृका आई फाउन्डेसनमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलीले शल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ