जनकपुरधाम, १६ जेठ । प्रदेश २ को सरकारले जेठ १९ गते आइतबार आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रदेश सभाको बैठकमा सभामुख सरोजकुमार यादवले आइतबार दिउँसो १ बजे वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुने जानकारी दिए ।
नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सहभागी हुन प्रदेश सांसदहरुलाई आ–आफ्नो संस्कृति झल्किने पोसाकमा आइतबार साढे १२ बजेसम्म बैठक कक्षमा प्रवेश गरिसक्न अनुरोध गरिएको छ ।
प्रदेश सरकारले प्रदेशसभाबाट यो तेस्रो नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
तपाईको प्रतिक्रिया