नदीमा डुबेर दुई बालकको मृत्यु

समाचार

5/12/2019

धनगढी, २८ बैशाख । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीमा नुहाउन गएका बेला बालक डुबेर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ