काठमाडौं, १७ साउन । नेपालको व्यापार घाटा चुलिँदै गएको अवस्थामा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
उनले भारततर्फ नेपालको निर्यात बढिरहेको हुँदा व्यापार घाटाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
नेपालका वस्तुहरुको निर्यातमा भारत सहयोगी बन्दै गएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान (भारतीय दूतावास) तथा खबरहबले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत पुरीले भारततर्फ नेपालको निर्यात बढिरहेको भन्दै व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
उनले नेपालको जलविद्युत र पर्यटनमा पनि जोड दिइनुपर्ने बताए । उनले रक्सौल–काठमाडौं रेलमार्ग प्राविधिक तथा आर्थिक रुपमा निकै चुनौतीपूर्ण रहेको बताए ।
तपाईको प्रतिक्रिया