नेपालगञ्जमा प्रहरी निरीक्षक डांगीको सक्रियतामा हराएको मोटरसाइकल भेटियो

समाचार

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, ८ कार्तिक । वडा प्रहरी कार्यालय नेपालगञ्जको सक्रियतामा एक ब्यक्तिले आप्mनो हराएको मोटरसाईकल फिर्ता पाएका छन् ।

वडा प्रहरीको टोलीले असोज १४ गते परस्पुर चौकमा बेवारिसे अवस्थामा भे ५ प ६३१९ नम्ब्रको मोटरसाईकल फेला पारी कार्यालयमा सुरक्षित राखेको थियो ।

वर्दिया गुलरिया नगर पालिका वडा नं.११ घर भई हाल नेपालगंज उप महानगर पालिका वडा नं.१४ बस्ने मोहमद वकिल कुरेसीले मोटरसाईकलको कागजात हरु कार्यालयमा पेश गरेपछि वडा प्रहरी कार्यालयले बिहिवार मोटरसाईकल हस्तान्तरण गरेको वडा प्रहरी इन्चार्ज प्रहरी निरक्षिक नारायण डांगीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ