नेपालगन्जमा दशैं, तिहार, छठमा सस्तो बजारको तयारी

समाचार

10/5/2018

दिनेश ठाकुर, नेपालगन्ज, १९ असोज । दशैँ, तिहार, छठ लगायतका महत्वपूर्ण पर्वलाई लक्षित गरी नेपालगञ्जमा सस्तो बजार संचालन गरिने भएको छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघमा बिहिवार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार असोज २४ गतेदेखि ३० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा यहाँका व्यापारीले दशैँं सस्तो बजार सञ्चालन लागेका हुन् ।

दशै सस्तो बजारमा स्थानीय उत्पादनका वस्तुमा १० देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक नेपालगन्ज वितरण सङ्घले जनाएको छ ।

दशैं तिहारका समयमा सीमापारी रुपैडियामा नेपाली उपभोक्ताको भिँड रोक्नका लागि पनि यसपटक सस्तो बजार संचालन गर्न लागिएको हो । रुपैडिया बन्दा सस्तोमा सामान दिइने ब्यवसायीले जनाए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका उपाध्यक्ष अव्दुल वाहिद मन्सुरी, महासचिव अजय टण्डन, वितरक संघका अध्यक्ष अमित बस्नेत लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ