नेपालगन्ज, २९ बैशाख । नेपालगन्जमा शनिबार वर्षकै सर्वाधिक गर्मी भएको छ । विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ ।
४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो ।
न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ । लु चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया