नेपालगन्जमा हर्न बजाउन निषेध

समाचार

11/16/2018

नेपालगञ्ज, ३० कार्तिक । मंसिर १ गतेदेखि नेपालगन्जमा हर्न निषेधित गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले उपमहानगरपालिकाभित्र हर्न निषेधित गर्न अभियान पनि थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक हिरेन्द्र रोकायाका अनुसार नेपालगन्जमा पूर्णरुपमा हर्न निषेधित गर्न मंसिर महिनाभरी सरोकारवाला संघ÷संस्थाहरुसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने भएको छ ।

जसअन्तर्गत नेपालगन्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ्ग बोर्ड लगाईने, यातायात समिति, व्यवसायी लगायत सरकारी निकाय सबैसँग छलफल गरिने र नगरलाई हर्न निषेधित गर्न अन्य कार्यक्रमहरु पनि संचालन गरिने प्रहरी निरीक्षक रोकायाले जानकारी दिए ।

बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्यधिक ध्वनि प्रदुषण भएपछि नगरमा हर्न निषेधित गर्न लागिएको रोकायाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ