काठमाडौं, ८ कार्तिक । नेपाल र भारतमा बसोबास गर्ने कोच समुदायको विकासका लागि रणनीतिक योजना आवश्यक रहेको दुवै देशका युवाहरूले निष्कर्ष निकालेका छन् ।
झापाको बिर्तामोडमा भएको अन्तर्राष्ट्रिय कोच सांस्कृतिक युवा सम्मेलनका सहभागीले कुनै एउटा विषयको विकासले मात्र समग्र समुदायको उत्थान नहुने ठहर गरेका छन् ।
सम्मेलनमा नर्थ बंगाल इथ्निक कल्चरल वेलफेयर, कोच राजवंशी गाभुर संघ उत्तर दिनाजपुर पश्चिम बंगाल, इबोङ आमार एन्जेओ भारत, राजवंशी विकास समिति बिहार, सिलिउड सिने क्रिएसन भारत, अनुरोध फाउन्डेसन मोरङ र कोचिला गाभुर फ्रन्टका झापा र मोरङका विभिन्न गाउँ तथा नगर समितिका गरी १५ वटा संस्थाका २ सय ५० बढी युवाको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया