नेपाल–भारत पञ्चेश्वर बैठक शुरु

समाचार

11/28/2019

काठमाडौं, १२ मंसिर । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सम्बन्धमा आवश्यक कर्मचारी, बजेट र अन्य प्रशासनिक विषयमा छलफल गर्न भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारतका सहसचिव स्तरीय ज्वाइन्ट वर्किङ ग्रुप तथा गभर्निङ बडी (सन्चालनक समिति) को बैठक शुरु भएको छ ।

बैठकको पहिलो दुई दिन सहसचिवस्तरीय र अन्तिम दिन अर्थात् शुक्रबार सचिवस्तरीय गभर्निङ बैठक बस्ने भएको छ । सहसचिवस्तरीय बैठकमा भएका सहमतिहरुलाई गभर्निङ बैठकले आवश्यक छलफल पछि अनुमोदन गर्ने छ ।

यसपटकको बैठक विशेषगरी प्राधिकरणको प्रशासनिक संरचना र त्यसको सन्चालनमा केन्द्रित रहेको छ । बैठकमा प्राधिकरणको बजेट, कार्यक्रम, कर्मचारीहरुको संख्या र तिनको भर्ती प्रक्रियाका बारेमा टुंगो लगाउने छ ।

यसअघि २०६६ मा पोखरामा सम्पन्न नेपाल र भारतबीच पोखरामा सम्पन्न दुई देशको संयुक्त जलस्रोत समिति (जेसीडब्लूआर) बैठकमा पहिलो पटक बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनको महत्त्वपूर्ण संयन्त्र ‘पञ्चेश्वर विकास प्राधिकरण’ गठन गर्ने सहमति भएको थियो ।

नेपाल र भारतबीच २०५२ सालमा सम्पन्न एकीकृत महाकाली सन्धिले ६ हजार मेगावाटभन्दा बढीको जलविद्युत् उत्पादन हुनसक्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण गर्ने परिकल्पना गरेको छ ।

उत्पादन हुने बिजुली र परियोजनाबाट निस्कने पानी बराबरी गर्ने सन्धीमा उल्लेख भए पनि यतिका वर्षसम्म पनि त्यसमा सहमति जुट्न सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ