नेपाल–भारत महिलामैत्री समाजद्वारा सर्लाहीमा राहत वितरण

समाचार

7/28/2019

सर्लाही, १२ साउन । नेपाल–भारत महिलामैत्री समाजले प्रदेश नं. २ को सर्लाही जिलामा बाढीपीडितहरुलाई राहत वितरण गरेको छ ।

सर्लाहीको कौडेना, बसबरिया र रामनगर गाउँपालिकाको कुल ६ वटा वडामा चार सय जना घरधुरीलाई त्रिपाल एवं लामखुट्टेबाट बच्न झुल वितरण गरिएको समाजले जनाएको छ ।

संस्थाकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले आफै राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगी अनुगमन समेत गरिन् र बाढीबाट प्रभावित वास्तविक पीडितमा राहत वितरण गरेकी हुन् ।

गृह जिला पुगेकी सांसद चौधरीले बाढी प्रभावित क्षेत्रमा यथोचित राहत अहिलेसम्म पुग्न नसकेको बताइन् ।

त्यसैगरी, हजारौंको संख्यामा बाढीपीडितहरु अहिले पनि उचित गाँस, बासबाट वञ्चित रहेको जानकारी गराइन् ।

स्थानीय, प्रदेश एवं संघीय सरकारले बाढीपीडितको पीडालाई यथाशीघ्र अर्थपूर्ण सम्बोधन गर्नसक्नु पर्ने धारणा राजपा नेपालकी महासचिवसमेत रहेकी चौधरीले राखिन् ।

राहत वितरण शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ