नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

समाचार

12/5/2019

काठमाडौं, १९ मंसिर । नेपाल र भारतका सेनाहरुबीच १४ औं द्विपक्षीय वार्षिक सैन्य अभ्यास सूर्य किरण–१४ रुपन्देहीको सलिझण्डीमा सुरु भएको छ ।

आर्मी बैटल स्कूल (एनएबीएस)मा सुरु भएको उक्त द्विपक्षीय सैन्य अभ्यासमा दुबै देशका सेनाहरु भाग लिएका छन् ।

यसअघि १३ औं संयुक्त सैन्य अभ्यास भारत उत्तराखण्डको पिथौरागढ़ गत वर्ष जुनमा भएको थियो ।

यो अभ्यासको उद्देश्य भारतीय सेना और नेपाल सेनाबीच बटालियन स्तरमा संयुक्त प्रशिक्षणको आयोजन गर्नु हो ।

जसमा जंगल युद्ध, पहाडमा आतंकवाद विरोधी कारवाही, मानवीय सहायता, राहत अभियान, चिकित्सा र वातावरण संरक्षणका लागि सैन्य स्तरमा पारस्परिकता बढाउनु रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ