नेपालमा अस्वीकृत चिनियाँ गाई फेरि ल्याइँदै

समाचार

12/5/2019

काठमाडौं, २० मंसिर । नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन सरकारले फेरि प्रक्रिया थालेको छ ।

पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई ल्याउने पहल भएको थियो । तर पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो ।

यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो । नेपालमा उन्नत जातका चिनियाँ गाई ल्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ ।

अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ । प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ ।

नेपालमा विदेशी गाईबस्तु असफल भएको पृष्ठभूमि छ । विमानबाट ढुवानी गरी चिनियाँ गाई नेपाल ल्याउँदा एउटाको मूल्य चार लाख रुपैयाँ पर्छ । परियोजना पहिलोपल्ट प्रदेश ३ सरकारले कार्यान्वयन गर्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ