नेपालले भारतसँग परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने

समाचार

12/4/2019

काठमाडौं, १८ मंसिर । नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवको तहमा वार्ता अघि बढाउन दिल्लीसमक्ष प्रस्ताव गरेको छ ।

सन् २०१४ मा नेपाल र भारतका परराष्ट्रमन्त्री तहको संयुक्त आयोगले कालापानी र सुस्ता लगायत सीमाङ्कनसँग जोडिएका बाँकी विवाद हल गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई जिम्मेवारी दिए पनि पाँच वर्षसम्म पनि परराष्ट्र सचिवहरूको सीमा विवादबारे छलफल हुनसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले नेपालले कालापानी विवाद दुईपक्षीय वार्ताका माध्यमबाट टुङ्ग्याउन भारतसँग लिखित रूपमा आग्रह गरेको जानकारी दिए ।

उनका अनुसार अहिले भएकै संयन्त्रहरूबाट यसको समाधान खोजौँ भन्ने सरकारको प्रयास रहेको छ । उनले परराष्ट्र सचिवको तहमा छलफल भएपछि मात्रै के गर्ने भन्ने तय हुनसक्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ