नेपाली अधिकारीहरुको प्रशिक्षण भारतमा सुरु

समाचार

8/19/2019

काठमाडौं, २ भाद्र । नेपाल सरकारको अनुरोधमा नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतमा प्रशिक्षण सुरु भएको छ ।

‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम सोमबारबाट भारतको फरीदाबाद स्थित नेशनल एकाडेमी अफ कस्टम्स, इनडारेक्ट ट्याक्सेज बलम नारकोटिक्स (एनएसीआइएन) मा सञ्चालन भएको हो ।

सो प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो ।

नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।

यस पछिल्लो पहलकदमीअन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइनेछ ।

उक्त प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई एनएसीआइएनमा अक्टोबर र डिसेम्बर महिनामा दिइनेछ ।

यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने अपेक्षा गरिएको छ ।

सम्पत्ति शुिद्धकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा एनएसीआइएन भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो ।

यो एशिया÷प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै युएनईपी, युएनडीपी, एसएएसईसी आदिसँग मिलेर काम गरिरहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ