वीरगन्ज, ७ असोज । वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने निर्णय गरेको छ । नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकद्धारा सबै संघ संस्थाहरुसँग समन्वय गर्दै भ्रमण बर्षलाई भव्य रुपमा मनाउने निर्णय गरिएको जनाइएको छ ।
भ्रमण बर्षलाई भव्यता दिन नगर प्रमुख सरावगीको अध्यक्षतामा १७ सदस्यीय पर्यटक प्रबद्धन समिति गठन गरिएको छ । समितीका सदस्यहरुमा होटल पर्यटन व्यवसायी संघका संयोजक हरिपन्त, होटल व्यवसायीहरु दिपकमान श्रेष्ठ, मोहन प्रधान, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, जगत साह कानु, भिजिट मधेशका ओम प्रकाश सर्राफ लगायतका व्यक्तिहरु रहेका छन् ।
बैठकले पर्यटक दिवसको अवसरमा वीरगन्ज शंकराचार्यद्धारमा पहिलो पर्यटकलाई स्वागत गर्ने तथा सोहि दिन दिउसो पर्यटन दिवसको बारेमा सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ ।
वीरगन्ज रक्सौल नाका हुँदै आउने पर्यटकहरुलाई सहज बातावरण तयार गर्न सुविधा युक्त नमस्ते सेन्टरको स्थापना गर्ने निर्णय समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया